Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

राष्ट्रिय वाणिज्य बैंकको ब्राण्ड एम्बासडरमा मिस नेपाल अनुष्का श्रेष्ठ नियुक्त


  • मंगलबार, भाद्र ३ २०७६

  • राष्ट्रिय वाणिज्य बैंकको ब्राण्ड एम्बासडरमा मिस नेपाल अनुष्का श्रेष्ठ  नियुक्त

    काठमाडौं -राष्ट्रिय बाणिज्य बैंकले आफ्नो व्यवसाय प्रवद्र्धनको लागि मिस नेपाल–२०१९ अनुष्का श्रेष्ठलाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । राष्ट्रिय वाणिज्य बैंक र दी हिडन ट्रेजरविच भएको सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र हिडन ट्रेजरका अध्यक्ष गोपाल सुन्दरलाल कक्षपतीले हस्ताक्षर गरेका छन् ।
    बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले राष्ट्रिय बाणिज्य बैंक अन्य बाणिज्य बैंकहरुसँग प्रस्तिस्पर्र्धा गर्दै अघि बढिरहेको जानकारी दिँदै आगामी दिनमा सेवालाई अझ विस्तार गर्दै लैजाने क्रममा आफ्नो व्यवसायलाई प्रवद्र्धन गर्नको लागि मिस नेपाललाई ब्रान्ड एम्बासडरमा नियुक्त गरिएको बताए ।

    दी हिडन ट्रेजर प्रा।लि।का अध्यक्ष कक्षपतीेले सरकारी बैंकसँगको यस्तो सम्झौताले सरकारी संस्थाप्रति निजी क्षेत्रको गुनासो कम हुंदै जाने र बैंकले नयाँ पुस्तामा समेत आफ्नो उपस्थिती सशक्त बनाउन सक्ने विश्वास लिएको बताए ।
    त्यस्तै, मिस नेपाल २०१९ अनुष्का श्रेष्ठले आफु सरकारी स्वमात्विमा रहेको बाणिज्य बैंकको ब्रान्ड एम्बासडर हुन पाउँदा अत्यन्त खुसी लागेको बताइन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij