Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेपालले अब द्रुतगतिमा आर्थिक विकास गर्छ – प्रधानमन्त्री


  • सोमबार, भाद्र २ २०७६

  • नेपालले अब द्रुतगतिमा आर्थिक विकास गर्छ – प्रधानमन्त्री

    काठमाडौं –प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले अब द्रुतगतिमा आर्थिक विकास गर्ने बताएका छन्।
    एसिया प्रशान्त क्षेत्रको नागरिक हवाइ नियामक क्षेत्रका महानिर्देशकहरूको ५६ औं सम्मेलनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले संविधानसभाबाट संविधान जारी भएसँगै नेपालको राजनीतिक संघर्षको युग सकिएर आर्थिक उन्नति र विकासको युग सुरू भएको बताए।
    ‘अब हामी हाम्रो यात्रा आर्थिक उन्नति र विकासबाट सुरु गर्छौं। यसका लागि अन्तर्राष्ट्रिय जगतसँग पनि सहकार्य गर्छौं’, प्रधानमन्त्री ओलीले भने, ‘यो सहकार्यका लागि कतिपय अमिल्दा कानुनहरू संशोधन गर्छौं।’
    प्रधानमन्त्री ओलीले नेपाल भौगोलिक रूपमा मात्र नभइ विविध क्षेत्रमा विविधता भएको देश भएकोले यहाँ द्रुत विकासको सम्भावना रहेको बताए।
    साथै विश्वकै आकर्षक मध्येको एकसिंगे गैंडा नेपालमा मात्र पाइने प्रधानमन्त्री ओलीले स्मरण गराए।
    ‘हामीसँग यस्ता प्राकृतिक उपहार छन्, त्यसैले हामी विश्वकै सुन्दर छौं, हामीसँग सगरमाथा छ जुन संसारमै एकमात्र हो त्यस्तै हामीसँग गैंडाजस्ता जीवजन्तु पनि छन्,’ उनले सम्बोधनको क्रममा भने, ‘तर संसारमा हामीसँगमात्र भएका चिजको नामाकरण हाम्रै पहिला हुने होला। त्यसैले राइनो होइन गैडा हो, माउन्ट एभरेष्ट होइन सगरमाथा हो। यही नामबाट चिन्न हामी आग्रह गर्छौं।’
    नेपाललाई विश्व मै सुन्दर देश भनिने गरको तर यसले मात्र नेपालको परिचय अपुरो हुने प्रधानमन्त्री ओलीको भनाइ छ।

    ‘नेपाल सुन्दर मात्र होइन,प्राकृतिक स्रोतले पनि भरिपूर्ण देश हो’ प्रधानमन्त्री ओलीले भने, ‘यिनै स्रोतको उपयोग गरेर नेपालको विकासलाई तीव्र गतिमा अघि बढाउनु पर्दछ।’
    प्राकृतिक सम्पदा,हिमाल र जंगली जनावर हेर्न वर्षेनी लाखौं पर्यटन आउने भएकोले नेपालको ‘कनेक्टिभिटी’ विश्वभरि हुनु पर्ने प्रधानमन्त्री ओलीको धारणा छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij