Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

चितवनमा सर्वदलीय बैठकमा यस्तो सहमति


  • सोमबार, भाद्र २ २०७६

  • चितवनमा सर्वदलीय बैठकमा यस्तो सहमति

    काठमाडौँ– चितवनमा पछिल्लो केहि दिनदेखी भइरहेको दैनिक प्रदर्शनलाई मध्यनजर गर्दै शान्ति सुरक्षा प्रभावकारी बनाउन सर्वदलीय सहमति भएको छ ।
    जिल्ला प्रशासन कार्यालय चितवनमा बसेको सर्वदलीय बैठकले सर्वसाधारणको दैनिकी प्रभावित हुन नदिन स्थानीय प्रशासन, राजनीतिक दल, नागरिक समाज र सञ्चारकर्मीको समेत उपस्थितिमा बसेको बैठकले शान्तिसुरक्षा प्रभावकारी बनाउनेसहितका तीनवटा महत्वपूर्ण निर्णय गरेको हो ।
    न्यायीक हिरासतमा रहेका टेलिभिजन प्रस्तोता रवि लामिछानेलगायत अन्य दुई जनाको विषयमा छानविनका लागि सहयोग पुर्याउँन सहयोग गर्ने र जनताको दैनिक जीवनमा कुनैपनि किसिमको खलल पुग्ने काम हुन नदिने निर्णय भएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।
    पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणबारे अनुसन्धान गर्न रवि लामिछानेलगायतलाई प्रहरीले नियन्त्रणमा लिएपछि उनको पक्ष र विपक्षमा केही दिनदेखि चितवनमा प्रदर्शन हुँदै आएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij