Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

अरूण खोलाको बाढीले डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग बन्द


  • सोमबार, भाद्र २ २०७६

  • अरूण खोलाको बाढीले डाइभर्सन  बगाउँदा पूर्वपश्चिम राजमार्ग बन्द

    नवलपरासी- पूर्वी नवलपरासीको अरूण खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरूद्ध भएको छ।
    एक साताअघि ट्रक ठोक्किएर पुल भत्किएपछि आवतजावतका लागि डाइभर्सन बनाइएको थियो।
    ह्युमपाइप हालेर बनाइएको उक्त डाइभर्सन पनि आइतबारको बाढीले भत्काएपछि बाटो जाम भएको हो।
    सुदुरपश्चिम, कर्णाली र प्रदेश पाँचबाट काठमाडौं र पूर्व तथा पूर्वबाट पश्चिमका लागि छुटेका लामो दूरीका गाडीहरू आइतबार दिउँसो ४ बजेदेखि नै बाटोमा रोकिएका छन्।

    लामो समयदेखि बाटोमा रोकिनु पर्दा यात्रुहरूलाई सास्ती भएको छ। नवलपुरमा सोमबार बिहान पनि ठूलो पानी परिरहेको र अरूण खोलामा आएको बाढीको सतह नघटेकाले बाटो कति खेर खुल्छ भन्न नसकिने नवलपुरका प्रहरी प्रमुख एसपी मोहन पोखरेलले जानकारी दिए।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij