Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

थानकोटबाट पेस्तोल र गोलीसहित एकजना पक्राउ


  • आइतबार, भाद्र १ २०७६

  • थानकोटबाट पेस्तोल र गोलीसहित एकजना पक्राउ

    काठमाडौं – काठमाडौँको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गास्थित सुरक्षा जाँच चौकीबाट हतियार र गोलीसहित आज एक जना पक्राउ परेका छन् ।

    ललितपुरका २८ वर्षीय मुनाल भन्ने सुलभ लामालाई स्वचालित पेस्तोल दुई थान र गोली २० राउण्डसहित पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

    धादिङबाट काठमाडौँ आउँदै गरेको बा२ख १९८० नंको बस जाँच गर्ने क्रममा बसमा सवार लामाको साथमा रहेको झोलामा पेस्तोल र गोली फेला परेको हो ।

    लामाको साथबाट बाइनाकुलर र पाँच मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ ।

    उनलाई आवश्यक कारवाही तथा अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ ल्याइएको परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले जानकारी दिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij