Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

हेटौंडामा बस पल्टिदा १ को मृत्यु, १५ घाइते


  • शुक्रबार, साउन ३१ २०७६

  • हेटौंडामा बस पल्टिदा १ को मृत्यु, १५ घाइते

    हेटौंडा – पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौंडा उपमहानगरपालिका–१९ नेवारपानीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।
    काठमाडौंबाट रौतहटतर्फ जाँदै गरेको ना ५ ख २२३३ नंको बस अनियन्त्रित भई पल्टिएर बिजुलीको खम्बामा ठोक्किँदा सर्लाहीको रामनगर बोरहवाका ५८ वर्षीय मुकेश शर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ ।
    दुर्घटनामा अन्य १५ यात्रु घाइते भएका छन् । उनीहरूको चितवन र मकवानपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij