काठमाडौं– त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज परिसरमा रहेको मनमोहन कार्डियो भास्कुलर डिजिज तथा ट्रान्सप्लान्ट सेन्टरको भवनमा आगलागी भएको छ ।
विद्युत सर्ट भएर सो भवनको माथिल्लो तलामा आगलागी भएको महानगरीय प्रहरी बृत महाराजगञ्जले जानकारी दिएको छ ।
अहिले आगलागी नियन्त्रण गर्ने प्रयास भैरहेको छ । आगलागीको क्षति भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
