Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

राष्ट्रपतिसमक्ष बुझाए चार देशका राजदूतले ओहोदाको प्रमाणपत्र


  • सोमबार, साउन २७ २०७६

  • राष्ट्रपतिसमक्ष बुझाए  चार देशका राजदूतले  ओहोदाको प्रमाणपत्र

    काठमाडौं – राष्ट्रिपति विद्यादेवी भण्डारीसमक्ष बिभिन्न चार देशका राजदूतले ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । नेपालका लागि नियुक्त भएका राजदूतहरुले राष्ट्रपति भवन शीतलनिवासमा एक समारोहबीच आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् ।
    प्रमाणपत्र पेश गर्नेहरुमा रसियाका आवासीय राजदूत एलेक्सी ए नोविकोभ, लक्जेम्वर्गका गैरआवासीय राजदूत जेन क्लाउड कगनेर, गणतन्त्र लिथुआनियाका गैरआवासीय जुलियस प्राणिभिकस र कुवेतका गैरआवासीय राजदूत जसेम इब्राहिम जे.एम. अल्नाजेम रहेका छन् ।
    कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायत उच्च पदस्थ सरकारी अधिकारीहरुको उपस्थिति रहेको थियो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij