Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

मुलुकको समृद्धिको यात्रालाई सार्थक बनाउन शैक्षिक क्षेत्रमा सुधार गरेर अघि बढनुको विकल्प छैन् – दाहाल


  • सोमबार, साउन २७ २०७६

  • मुलुकको समृद्धिको यात्रालाई सार्थक बनाउन  शैक्षिक क्षेत्रमा सुधार गरेर अघि बढनुको विकल्प  छैन्  – दाहाल

    काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको शैक्षिक क्षेत्रको सुधारका लागि सरकारले आफ्नो तर्फबाट सक्दो पहल गरिरहेको बताए ।
    सोमबार काठमाडौंमा आयोजित १५ औं राष्ट्रिय शैक्षिक अवार्ड विवरण कार्यक्रममा बोल्दै उनले जनताको जीवनसँग जोडिने गरी मुलुकको शैक्षिक क्षेत्रको सुधार नगरे मुलुकलाई समृद्ध बनाउने सरकारको संकल्प कल्पनामा मात्रै सीमित हुने पनि बताए ।
    मुलुकको शैक्षिक क्षेत्रको गुणात्मक विकासमा योगदान गर्न सम्बद्ध सबै पक्षलाई आग्रह गरेका छन् । उनले मुलुकको शैक्षिक क्षेत्रको सुधारका लागि उच्चस्तरीय शिक्षा आयोगले सरकारलाई प्रतिवेदन बुझाएर महत्वपूर्ण योगदान पु¥याएको पनि स्पष्ट पारे । अध्यक्ष दाहालले सरकारले शिक्षा क्षेत्रको सुधारका लागि आवश्यक कानुन निर्माणको कामलाई पनि तीब्रता दिइरहेको बताए ।
    अध्यक्ष दाहालले विकसित देशहरुले पनि शिक्षालाई उच्च प्राथमिकता दिने गरेको स्मरण गराउँदै नेपालजस्तो अल्पविकसित मुलुकले समृद्धिको अभियानलाई सार्थक बनाउन शिक्षा क्षेत्रमा व्यापक परिवर्तन गर्नैपर्ने बताए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij