Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

प्रधानमन्त्री स्वदेश फिर्ता


  • सोमबार, साउन २७ २०७६

  • प्रधानमन्त्री  स्वदेश फिर्ता

    काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचारपछि स्वदेश फर्किएका छन् । प्रधानमन्त्री गत साउन १८ गते नियमित स्वास्थ्य परीक्षणका लागि सिंगापुर गएका थिए । सोमबार अपरान्ह सवा १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् ।
    प्रधानमन्त्री ओली थाइ एअरको नियमित उडानमार्फत स्वदेश फर्किएका हुन् । प्रधानमन्त्रीलाई विमानस्थलमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, सभामुख कृष्णबहादुर महरा, मन्त्रीहरु स्वागत गर्न विमानस्थल पुगेका थिए । आइतवार नै प्रधानमन्त्री स्वदेश फर्कने कार्यक्रम तय भएपनि चिकित्सकको आग्रहमा एक दिन बढी समय लागेको थियो ।
    प्रधानमन्त्री ओलीलाई चिकित्सकहरुले काममा धेरै धपेडी नगर्न र नियमित परीक्षणको समय नगुजार्न सुझाव दिएका छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij