काठमाडौं – पूर्वाञ्चल विश्वविद्यालयका प्रमुख प्रशासकीय अधिकृत गिरिराज कोइरालालाई ६ लाख ७५ हजार रुपैयाँ घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।
काठमाडौंको जोरपाटीस्थित स्तुपा कलेजका विद्यार्थीहरुको समस्या समाधान गरिदिने नाममा लिँदै गरेको उक्त रकमसहित कोइराला बिहीबार पक्राउ परेका हुन् ।
कोइरालालाई काठमाडौंको शेर्पा मलमा विद्यार्थीहरुबाट रकम लिँदै गरेको अवस्थामा पक्राउ गरिएको जनाइएको छ ।
पक्राउ परेका कोइरालामाथि थप अनुसन्धान भैरहेको अख्तियार निकट श्रोतले जनाएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
