Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

बालुवाटारस्थित सुविसु भवनमा आगलागी


  • बुधबार, साउन २२ २०७६

  • बालुवाटारस्थित सुविसु भवनमा  आगलागी

    काठमाडौँ– बालुवाटारस्थित सुविसु भवनमा भीषण आगलागी भएको छ । आगो निभाउन नेपाल प्रहरी, नेपाली सेना, जुद्ध वारुण यन्त्रका दमकलहरु प्रयोग गरिएको छ । इन्टरनेट र केवुल टेलिभिजन सेवा प्रदायक सुविसुको मुख्य सर्भर रहेको भवनमा आगलागी भएको हो ।
    जेनेरेटर नजिकै डिजेल स्टक रहेको बताइएको छ । नजिकै विद्युत लाइन सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ । आगलागी साढे २ बजे नियन्त्रणमा आएको हो । आगलागीपछि सुविसुको सेवा अवरुद्ध भएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij