काठमाडौं – २४ तोला अवैध सुनजस्तो पहेंलो धातुसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ।
सोमबार साँझ धादिङ बेनिघाट रोराङ गाउँपालिका ९ मझिमटारस्थित पृथ्वीलोकमार्गमा खटिएको प्रहरी टोलीले काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको ना ५८ प ६५५३ नम्बरको मोटरसाइकलमा सवार व्यक्तिलाई चेकजाँच गर्ने क्रममा उनीहरूको साथबाट अवैध सुनजस्तो देखिने पहेँलो धातु र मोबाइल बरामद गरेको हो।
पक्राउ पर्नेमा चितवन घर भएका ३५ वर्षीय सन्तोष बस्नते र नवलपरासी घर भएका गोकुलमान श्रेष्ठ रहेका छन्।
९९६.२४ के लेखिएको सुनजस्तो पहेंलो धातु २४ तोला र सिमकार्डसहितको मोबाइल २ थान बरामद गरिएको प्रहरीले जनायो।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
