Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कलंकी गोलीकाण्डले लियो नयाँ मोड, बरामद दुवै हतियारबाट गोली नचलेको विधिविज्ञान प्रयोगशालाको रिपोर्ट


  • बिहिबार, साउन १६ २०७६

  • कलंकी गोलीकाण्डले लियो नयाँ मोड, बरामद दुवै हतियारबाट गोली नचलेको विधिविज्ञान प्रयोगशालाको रिपोर्ट

    काठमाडौं – काठमाडौं १४ कलंकीस्थित पूर्वउपसचिव विष्णुप्रसाद शर्माको घरमा गोली प्रहार भएको घटनामा हतियारसहित पक्राउ परेका शुभांकर ढकाल बुधबार छुटेका छन्। उनीविरूद्ध प्रमाण नपुगेपछि महानगरीय प्रहरी अपराध महाशाखाले रिहा गरेको हो।
    सोमबार राति साढे ८ बजे सिकारीले चलाउने हतियारबाट गोली चल्दा शर्माको घरको तेस्रो तलाको झ्यालको सिसा छेडेको थियो। सोही प्रकरणमा छिमेकी ढकाललाई प्रहरीले मंगलबार १२ र २२ बोर दुई नाल हतियारसहित पक्राउ गरी अनुसन्धान थालेको थियो।
    अनुसन्धानका लागि दुवै हतियार केन्द्रीय विधिविज्ञान प्रयोगशाला पठाइएकोमा ती हतियारबाट गोली नचलेको पाइएपछि ढकाललाई रिहा गरिएको महाशाखाले जनाएको छ ।
    शर्माको घरमा २२ बोर हतियारबाट गोली चलेको प्रहरीको भनाइ छ। २२ बोरमा प्रयोग हुने २ एमएम गोलीको खोका घटनास्थलमा फेला परेको हो। बरामद दुवै हतियार सिकार खेल्दा प्रयोग हुन्छन्।
    छोटो दूरीबाट गोली चलेको बताउँदै प्रहरीले वरिपरिका घरमा तलासी लिँदा ढकालको साथबाट दुई नाल हतियार फेला पारेको थियो। दुवै हतियार इजाजतप्राप्त थिए।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij