काठमाडौं -काठमाडौं १४ कलंकीस्थित पूर्वउपसचिव विष्णुप्रसाद शर्माको घरमा गोली प्रहार भएको घटनामा शंकास्पक एक व्यक्तिलाई प्रहरीले दुई वटा हतियारसहित पक्राउ गरेको छ।
उच्च स्रोतका अनुसार छिमेकी शोभाकर ढकाललाई सिकार खेल्न प्रयोग हुने दुई वटा राइफलसहित मंगलबार मध्याह्न पक्राउ गरिएको हो।
ढकालको घरमा तलासी लिँदा प्रहरीले २२ र १२ बोर राइफल बरामद गरिएको स्रोतले जनायो। प्रहरी स्रोतका अनुसार दुवै राइफल इजाजतप्राप्त हुन्।
सोमबार राति शर्माको घरको तेस्रो तलाको झ्याललाई २२ राइफलको दुई एमएम गोलीले छेडेको थियो। २२ र १२ दुवै राइफल सिकार गर्दा प्रयोग गरिन्छ।
उक्त राइफलबाट झ्याल छेडेपछि शर्माले प्रहरीलाई खबर गरेका थिए। गोलीले झ्याल छेड्दा शर्माकी छोरी पढिरहेकी थिइन्।
२२ बोर हतियार र कोठामा भेटिएको गोलीको खोका परीक्षणका लागि विधिविज्ञान प्रयोगशाला पठाउने तयारी प्रहरीको छ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
