काठमाडौं – बैंकिङ कसूर तथा ठगीमा फरार रहेका दरबारमार्गस्थित डेजाभू क्लबका अध्यक्ष मनोज श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ।
ड्रागन एयरको जहाजमा हङकङबाट काठमाडौं उत्रिएका ३७ वर्षीय श्रेष्ठलाई आइतबार राति अध्यागमन विभागले पक्राउ गरी प्रहरीलाई बुझाएको हो।
श्रेष्ठमाथि दुई वटा मुद्दामा अनुसन्धान भइरहेको परिसरले जनाएको छ। परिसरका अनुसार दुई करोडको चेक बाउन्स मुद्दा र तीन करोड पचास लाख ठगी मुद्दामा श्रेष्ठ प्रहरीको खोजीमा थिए।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
