Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

निर्मला पन्तको न्यायका लागि नेविसंघको प्रदर्शन


  • शुक्रबार, साउन १० २०७६

  • निर्मला  पन्तको न्यायका लागि नेविसंघको प्रदर्शन

    काठमाडौँ– नेपाली कांग्रेसको भातृसंस्था नेपाल विद्यार्थी संघले कञ्चनपुरकी बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तलाई न्याय भन्दै राजधानीमा प्रर्दशन गरेको छ ।
    नेविसंघले शुक्रबार राजधानीको माइतीघर मण्डलामा पन्तको गत वर्ष साउन १० गते बलात्कारपछि हत्या भएको थियो । एक वर्षसम्म पनि सरकारले दोषी पत्ता लगाउन नसकेको भन्दै प्रर्दशन गरेको हो ।
    ‘निर्मलाले न्याय कहिले पाउँछिन् सरकार’ लेखिएको प्ले कार्ड बोकेका प्रर्दशनकारीले निर्मलाका हत्यारालाई पत्ता लगाउन नसकेको भन्दै गृहमन्त्री राम बहादुर थापाविरुद्ध नाराबाजी गरेका थिए ।
    पन्त हत्याको एक वर्ष बित्दासमेत घटनामा संलग्नलाई कारवाही हुन सकेको छैन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij