Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

मकवानपुरमा गोली हानाहान हुँदा प्रहरीका असई घाइते


  • आइतबार, साउन ५ २०७६

  • मकवानपुरमा गोली हानाहान हुँदा प्रहरीका असई घाइते

    मकवानपुर – मकवानपुरमा प्रहरी र गाँजा तस्कर समूहबीच गोली हानाहान भएको छ । मकवानपुरको मनहरी गाउँपालिका–९ रजैयामा गाँजा तस्कर समूहले प्रहरीमाथि गोली चलाएपछि दोहोरो गोली हानाहान भएको हो ।
    सो क्रममा गाँजा तस्करको गोली लागेर नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक नवीन विक्रम थापा घाइते भएका छन् ।
    गाँजा तस्करका मुख्य नाइके कुमार स्याङतानलाई प्रहरीले पक्राउ गरेको छ । अन्य ५–६ जनाको समूह फरार रहेको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij