Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

अपडेट : धनगढी विस्फोटमा गम्भीर घाइते १ जनाको मृत्यु


  • शुक्रबार, साउन ३ २०७६

  • अपडेट : धनगढी विस्फोटमा गम्भीर घाइते १ जनाको मृत्यु

    काठमाडौं– सुदूरपश्चिम प्रदेशस्थित कैलाली जिल्लामा शक्तिशाली बम विस्फोटमा घाइतेमध्ये एक जनाको मृत्यु भएको छ ।
    घाइते बझाङ जयपृथ्वीबहादुर नगरपालिका १४ का रामबहादुर सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
    बिहीबार बेलुका कैलालीको धनगढीको शहिद गेटस्थित निलम होटलमा बम विष्फोट भएको थियो ।
    विस्फोटमा अन्य घाइतेको अवस्था गम्भीर रहको प्रहरीले जनाएको छ । उनीहरुको धनगढीको माया मेट्रो अस्पतालमा उपचार भैरहेको छ । अस्पताल पुर्याइएका घाइतेको शरीर जलेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij