Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

काठमाडौं जिल्ला अदालतद्धारा उत्तम सञ्जेलकी पत्नीसहित तीन जनालाई धरौटीमा छाड्न आदेश


  • बिहिबार, साउन २ २०७६

  • काठमाडौं जिल्ला अदालतद्धारा उत्तम सञ्जेलकी पत्नीसहित तीन जनालाई धरौटीमा छाड्न आदेश

    काठमाडौं -काठमाडौं जिल्ला अदालतले बौद्धस्थित समता अस्पतालका सञ्चालक उत्तम सञ्जेलकी पत्नीसहित तीन जनालाई धरौटीमा छाड्न आदेश दिएको छ।
    बुधबार अर्जुन प्रसाद कोइरालाको एकल इजलासले तीनै जनालाई जनही ३ लाख बुझाउन आदेश दिएको हो। धरौटीमा छुटे पनि उनीहरूको मुद्दा अदालतमा चलिरहने छ।
    उत्तमकी पत्नी कला सञ्जेल, कर्मचारी पितकुमारी श्रेष्ठ र संगीता केसीलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो।
    गत असार २ गते समता अस्पतालमा कार्यरत रामेछाप दोरम्बाकी २७ वर्षीया विमला तामाङले अस्पतालभित्र पासो लगाएर आत्महत्या गरेकी थिइन्।
    सय रुपैयाँमा सबै रोगको उपचार गराउने भन्दै सञ्जेलले सामाजिक अभियान चलाएर अस्पताल सञ्चालनमा गर्दै आएका छन्।
    उनी नेपालका ठूला प्रतिष्ठित व्यापारी र चन्दादाताको सहयोग लिएर अस्पताल सञ्चालन गर्दै आएका छन्।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij