Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

प्रधानमन्त्रीलाई पठायो नेविसंघले ‘विषादीयुक्त तरकारी’


  • मंगलबार, असार २४ २०७६

  • प्रधानमन्त्रीलाई पठायो  नेविसंघले  ‘विषादीयुक्त तरकारी’

    काठमाडौं – नेपाल विद्यार्थी संघले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘विषादीयुक्त तरकारी’ पठाएको छ ।
    भारतबाट नेपालमा आयात हुने तरकारी र फलफूलको विषादी परीक्षण गर्ने निर्णयबाट सरकार पछि हटेर जनतालाई विष खुवाउन खोजेको भन्दै नेविसंघले चरणबद्ध आन्दोलन गर्दै आएको छ ।
    मंगलबार सोही कार्यक्रम अनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौंमार्फत प्रधानमन्त्रीलाई तरकारी पठाइएको नेविसंघले जनाएको छ ।
    मंगलबार देशका अन्य जिल्लाहरुबाट पनि प्रधानमन्त्रीलाई ‘विषादीयुक्त तरकारी’ पठाइएको नेविसंघले जानकारी दिएको छ ।
    आन्दोलनका कार्यक्रम अन्तर्गत २५ गते विषादीयुक्त तरकारीको असरबारे प्रचारप्रसार गर्ने, २६ गते महासल जुलुस निकाल्ने र २७ गते माइतीघरमा प्रदर्शन गर्ने कार्यक्रम रहेको नेविसंघले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij