Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

वडा कार्यालयमा लागेको आगो निभाउन खोज्दा प्रहरी निरीक्षक गम्भीर घाइते


  • मंगलबार, असार २४ २०७६

  • वडा कार्यालयमा लागेको आगो निभाउन खोज्दा प्रहरी निरीक्षक गम्भीर घाइते

    बर्दिया -बर्दिया जिल्लाको गेरुवा गाउँपालिकाको वडा कार्यालयमा लागेको आगो निभाउँन जाँदा प्रहरी निरीक्षक गम्भीर घाइते भएका छन्। गाउँपालिकाको वडा नम्बर ६ को कार्यालयमा मंगलबार बिहान अज्ञात समूहले लगाइएको आगो निभाउँने क्रममा छत खस्दा ईलाका प्रहरी कार्यालय पाताभारमा कार्यरत प्रहरी निरीक्षक यम बहादुर मल्लको टाउँकोमा गम्भीर चोट लागेको छ भने करङको हड्डी भाचिएको छ।
    गम्भीर घाइते भएका प्रहरी निरीक्षक मल्लको नेपालगंजस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ। उनलाई थप उपचारको लागि काठमाडौं लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
    आगलागीबाट वडा कार्यालयमा रहेका सम्पूर्ण कागजात जलेर नष्ट भएका छन् भने भौतिक सामाग्री पनि जलेर खरानी भएको प्रहरीले जनाएको छ। आगजनी गर्नेहरुको खोजी भइरहेको प्रहरीको भनाइ छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij