काठमाडौं- काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीलाई हृदयाघात भएको छ। हृदयाघातपछि उनलाई थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको छ।
शुक्रबार दिउँसो छातीमा अत्यधिक पीडा भएपछि उनलाई नर्भिक ल्याइएको अस्पताल स्रोतले बताएको छ।
उनको सिसियु कक्षमा उपचार भइरहेको अस्पतालले जनाएको छ। ‘उहाँको शरीरमा क्याथर्टर राखिँदैछ, उहाँको स्वास्थ्यबारे अनुसन्धान भइरहेको छ,’ अस्पताल स्रोतले भन्यो,‘एन्जिओग्राफी हुँदैछ।’
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
