अर्घाखाँची- सन्धिखर्क नगरपालिका ७ सुपादेउरालीमा यात्रुबाहक जीप दुर्घटना हुदाँ तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।
कपिलबस्तुको कृष्ण नगरबाट सन्धिखर्क आउँदै गरेको लु १ ज १३२९ नम्बरको जीप सडकबाट ३०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन ।
दुर्घटनास्थलमा अहिले स्थानीय, नेपाल प्रहरी ,नेपाली सेनाले उद्धारको कार्य गरीरहेको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
