Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

अछाममा बस दुर्घटना हुँदा १८ घाइते


  • बुधबार, असार १८ २०७६

  • अछाममा बस दुर्घटना हुँदा १८ घाइते

    अछाम- साँफेबगरको झकालेमा बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । घाइते मध्ये दुईजनाको अवस्था गम्भीर रहेको छ ।
    महेन्द्रनगरबाट बाजुरातर्फ जाँदै गरेको पवनदुत यातायातको ना ७ ख २५६४ नम्बरको बस बुधबार बिहान बिपरित दिशातर्फबाट आउदै गरेको गाडीलाई साइड दिने क्रममा सडक भासिएर दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएका सबैको न्याय हेल्थ नेपाल बयलपाटामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।
    घाइते भएका मध्ये बाजुराको स्वामीकार्तिक गाउँपालिका १ का १८ वर्षीय पदम कुमाल र बाँकेको कोहलपुर चप्परगौडीका १५ वर्षीय प्रसान्त धितालको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।
    दुर्घटनामा घाइते हुनेहरुमा अछामको चौरपाटी गाउँपालिका ७ की ३१ वर्षीया गंगादेबी बोगटी, सोही ठाउँका ३७ वर्षीय वीरेन्द्र बोगटी, साँफेबगर नगरपालिका २ का ७६ वर्षीय भोजराज रेग्मी, मेल्लेख गाउँपालिका ४ का २२ वर्षीय जहरी साउँद, सोही ठाउँका २२ वर्षीय खगेन्द्र साउँद रहेका छन् ।
    त्यसैगरी घटनामा बाजुराको बुढीगंगा नागरपालिका ८ का ३५ वर्षीय गोपालबहादुर रावल, भिमदत्त नगरपालिका ६ कञ्चनपुरका २४ वर्षीय निराजन शाह, बाजुराको छेडेदह गाउँपालिका ४ का ३७ वर्षीय लालबहादुर धामी, छेडेदह गाउँपालिका १ का ३० वर्षीय बिरबहादुर रावल, बाजुराकै स्वामीकार्तिक गाउँपालिका १ का १८ वर्षीय योगेश कुमाल, हुम्लाको गोठी गाउँपालिका ५ का २४ वर्षीय गजेन्द्र शाही पनि घाइते भएका छन् । बसमा सवार मुगुका धनराज योगी, पदम योगी र दिपेन्द्र योगी पनि घाइते भएका छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij