दाङ- तुलसीपुरमा ट्रयाक्टर दुर्घटनामा परी चालकको मृत्यु भएको छ भने सहचालक घाइते भएका छन्।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ बगरपुर निवासी २० वर्षीय दीपक नेपालीको मृत्यु भएको छ। गम्भीर घाइते नेपालीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मंगलबार बिहान सवा २ बजेतिर मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ।
उक्त दुर्घटनामा परी सहचालक तुलसीपुर ५ कै १६ वर्षीय अनिल नेपाली घाइते भएका छन्। घाइते नेपालीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।
तुलसीपुर ८ टिकरी खोलामा ना ५ त ९०७९ नम्बरको ट्रयाक्टर मंगलबार बिहान १ बजेतिर दुर्घटनामा परेको प्रहरीले बताएको छ। प्रहरीका अनुसार ट्रयाक्टर ढुंगा लोड गरेको अवस्थामा फेला परेको छ। असार १ गतदेखि खोलाहरूको ठेक्का सम्झौता सकिएको छ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
