विराटनगर – मंगलबार विराटनगरबाट प्रहरीले ५९.९५ केजी अवैध चाँदीसहित भारतीय कार नियन्त्रणमा लिएको छ ।
भारतीय सीमावर्ती बजार जोगवनीतर्फ जाँदै गरेको बीआर ११ एके १७९१ नम्बरको कारलाई प्रहरीले विराटनगर महानगरपालिका–९, रोडशेष चोकबाट चालकसहित नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय, मोरङका अनुसार चाँदीसहित भारतीय नागरिक पक्राउ परेको जानकारी दिए । पक्राउ परेको चालकको परिचय गोप्य राखेको प्रहरीले उनीमाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
