काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता र प्रतिपक्ष भनेको आवधिक भएको भन्दै विकासका लागि सरकार मिलेर अघि बढ्न तयार रहेको बताएका छन्। आइतबार राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले
‘सत्ता प्रतिपक्ष भनेको आवधिक कुरा हुन् । विकास र समृद्धि सबैको आवश्यकता हो, देश विकासका लागि सरकार प्रतिपक्षसँग मिलेर काम गर्ने उत्कट अभिलासामा छ ।’
प्रधानमन्त्री ओलीले ‘भावी सन्ततीलाई पनि यही गरिबीको स्थिति कायम राख्ने होइन । बेरोजगारीकै अवस्थामा राख्ने होइन’ प्रधानमन्त्री ओलीले भने, ‘मेरो कार्यकाल टुङ्गिदा बेरोजगारीको अवस्थामा परिवर्तन ल्याउँछु ।’
प्रधानमन्त्री ओलीले देशमा काम गर्ने सक्ने जनसङ्ख्याको बाहुल्यनता भएकोले यो अवसरको सदुपयोग गर्नुपर्ने बताए ।
नेपाल काम गर्न चाहने कर्मवीरहरुको देश भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने, ‘नेपाल श्रम गर्न नहिचकिचाउनेहरुको देश हो । नेपालीहरु श्रम गर्नमा रुची राख्छन् । तर यहाँ काम नपाएर ठुलो संख्यामा नेपालीहरु विदेशमा श्रम गर्न गइरहेका छन् ।’ कामका लागि विदेश जानु पर्ने अवस्थाको चाँडै अन्त्य हुने प्रधानमन्त्री ओलीको भनाई छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
