काठमाडौं राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसइईको नतिजा सार्वजनिक गरेको छ।
२०७५ चैत १० गतेदेखि २१ सम्म परीक्षा भएको थियो।
देशभरका सात प्रदेशमा एक हजार नौ सय ७९ वटा केन्द्रमा लिइएको परीक्षाको परीक्षाफल बिहीबार अपरान्ह प्रकाशित भएको हो।
कुल चार लाख ४९ हजार विद्यार्थी परीक्षामा सामेल भएकोमा ५० जना विद्यार्थीको पूरै विषयको परीक्षा रद्द भएको छ।
यो बाहेक १६०० मा कल गरेर पनि एसईईको नतिजा प्राप्त गर्न सकिन्छ । नेपाल टेलिकमका मोबाइल नम्बरहरु, तारवाला टेलिफोन र सिडिएमए फोनबाट पनि १६०० मा डायल गर्न सकिने छ । यसरी १६०० मा कल गर्दा दिइएको निर्देशन अनुसार आफ्नो सिम्बोल नम्बर थिचेर नतिजा थाहा पाउन सकिन्छ ।
यसका साथै नेपाल टेलिकमको वेबसाइट see.ntc.net.np मा लगइन गरेर पनि नतिजा थाहा पाउन सकिन्छ । यसमार्फत मार्कसिट समेत हेर्न सकिन्छ र यसका लागि आधिकारिक जन्म मिति आवश्यक पर्छ ।

""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
