Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

रौतहटमा प्रहरीको गाडी दुर्घटना हुँदा ६ प्रहरीसहित ११ जना घाइते


  • मंगलबार, असार १० २०७६

  • रौतहटमा प्रहरीको गाडी दुर्घटना हुँदा ६ प्रहरीसहित ११ जना घाइते

    रौतहट– रौतहटमा प्रहरीको भ्यान दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।
    थुनुवाको म्याद थपका लागि गौर जाँदै गरेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको ना १ झ ५३८९ नम्बरको भ्यान मंगलबार दिउँसो चन्द्रनिगाहपुरस्थित बाल्चनपुर चोकमा दुर्घटना हुँदा ११ जना घाइते भएका हुन् ।
    घाइते हुनेमा ५ जना कैदी र ६ जना प्रहरी रहेका छन् । जसमा दुई प्रहरी जवान सञ्जय कार्की र अजय साह गम्भीर घाइते भएका छन् भने दुई थुनुवा रमेश चौधरी, निर्मला साहपनि गम्भीर घाइते भएका छन् ।
    उनीहरुलाई उपचारका लागि वीरगञ्ज पठाइएको छ ।
    त्यसैगरी सामान्य घाइते भएकाहरु ४ प्रहरी र ३ थुनुवाको चन्द्रनिगाहपुरस्थित स्थानीय अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij