Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

मानिस स्वस्थ रहनका लागि योगको निरन्तरता जरुरी छ – प्रधानमन्त्री


  • शुक्रबार, असार ६ २०७६

  • मानिस स्वस्थ रहनका लागि योगको निरन्तरता जरुरी छ –  प्रधानमन्त्री

    काठमाडौं -प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वस्थ मानसिकताबाट बच्न सबैले योग गर्नुपर्ने बताएका छन् ।
    अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले
    लोभ, मोह र क्रोधबाट मानिसले मुक्त हुनका लागि योग र नियमित ध्यान गर्नु उपयुक्त हुने बताए । प्रवचन कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले भने, ‘यस्तो ज्ञान भूमिमा बस्ने हामी केही समय पछि परेका हौं, तर अब त्यो अवस्था रहँदैन ।’
    प्रधानमन्त्री ओलीले समय निकालेर हरेक मानिसले दैनिक योग गर्नु स्वास्थ्यका लागि उपयोगी हुने बताए ।
    ‘योगाभ्यास तथा प्रवचन कार्यक्रम’मा बोल्दै प्रधानमन्त्री ओलीले भने, ‘योगको अभ्यास भाषा र लिपी सुरु हुनुभन्दा धेरै अघिबाट सुरु भएको हो । मानिस स्वस्थ रहनका लागि योगको निरन्तरता जरुरी छ ।’
    प्रधानमन्त्री ओलीले अगाडि भने, ‘हामीले ५र६ हजार बर्ष पहिलेका मूर्तिहरु हेर्‍यौं भने पनि योगका विभिन्न आसन देखिन्छन् ।’

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij