Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सांग्रिला डेभलपमेन्ट बैंक र स्पारो पेबीच सम्झौता


  • बिहिबार, असार ५ २०७६

  • सांग्रिला डेभलपमेन्ट बैंक र स्पारो पेबीच सम्झौता

    काठमाडौँ – सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र स्पारो पे प्रालिबीच खल्ती (डिजिटल वालेट) सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । बैंक र उक्त कम्पनीबीचको सहमती पत्रमा बैंकको तर्फबाट प्रमुुख कार्यकारी अधिकृतसुयोग श्रेष्ठ र स्पारो कम्पनीको तर्फबाट उक्त कम्पनीका निर्देशक धु्रब अधिकारीले हस्ताक्षर गरे ।
    सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरुलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु जस्तै मोबाईल बैंकिङ्ग, लकर, एटिम, इन्टरनेट बैंकिङ्ग, एबिबिस, रेमिटयान्स आदि सुविधाहरु दिंदै आएकोमा हाल निकै प्रचलनमा रहेको पेमेन्ट गेटवे खल्तीसंग सम्झौता गरेको छ ।
    यो सुविधा अन्तर्गत सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकहरुले इन्टरनेट बैंकिङ्ग तथा मोबाईल बैंकिङ्गद्वारा आफ्नो खातामा रहेको रकम खल्तीमा लोड गरी मोबाईल टपअप, एअर टिकट खरिद, खानेपानी शुल्क भुक्तानी, विद्युत महसुल भुक्तानी, सिनेमाका टिकेट जस्ता विभिन्न अन्य सुविधाहरु प्राप्त गर्न सकिन्छ । यो सेवालाई सांग्रिला डेभलपमेन्टका विभिन्न शाखाहरुका काउन्टरबाट डिपोजिट फर्म भरेर पनि यो सुविधा उपयोग गर्न सकिन्छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij