Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

भन्सार छलेको अवैध मदिरासहित तिन जना पक्राउ


  • बुधबार, असार ४ २०७६

  • भन्सार छलेको अवैध मदिरासहित तिन जना पक्राउ

    सप्तरी – डाक्नेश्वरी नगरपालिका- ५ बाट सोही नगरपालिका-४ का ३७ बर्षीय अशोक कुमार यादबलाई भन्सार छलि अवैध रुपमा लैजान लागेको करिब १ लाख २५ हजार रुपैयाँ मूल्य बराबरको मदिरा सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
    अवैध रुपमा भन्सार छलेर नेपालबाट भारततर्फ वैलगाडामा राखी लैजादै गरेको अवस्थामा उक्त मुल्य बराबरको कस्तुरी नामक मदिरा १७ कार्टुन र मामा श्री नामक मदिरा १२ कार्टुन ईलाका प्रहरी कार्यालय पातो सप्तरीबाट खटिएको प्रहरी टोलीले फेला पारी यादवलाई पक्राउ गरेको हो ।
    त्यसैगरी राजगढ गाउँपालिका -२ स्थित बनैनियाबाट नेपालबाट भारततर्फ भन्सार छलेर अवैध रुपमा २ वटा साईकलमा लैजादै गरेको करिब ६ हजार मूल्य बराबरको माल श्री नामक ६ कार्टुन मदिरा सहित २ जनालाई प्रहरी चौकी झुटकी, सप्तरीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत सुपौल ग्राम पंचायत बनेनिया बस्ने ५० बर्षीय अम्बु यादब र ५५ वर्षीय मोहमद नसिर अहमद रहेका छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij