Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

संसदलाई प्रधानमन्त्रीले सम्बोधन गर्न लाग्दा प्रतिपक्ष दलले नाराबाजी गरेपछि बैठक स्थगित


  • मंगलबार, असार ३ २०७६

  • संसदलाई  प्रधानमन्त्रीले सम्बोधन गर्न लाग्दा प्रतिपक्ष दलले नाराबाजी गरेपछि बैठक स्थगित

    काठमाडौं– प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्न लाग्दा काँग्रेस सांसदले नाराबाजी गरेपछि बैठक स्थगित भएको छ।
    संसद बैठक सुरु भएको सभामुख कृष्ण बहादुर महराले घोषणा गरेपछि काँग्रेस सांसदले आफ्नो ठाउँबाट उठेर प्रधानमन्त्री अघि विपक्षी दलका नेता शेरबहादुर देउवा बोल्न पाउनु पर्ने माग गरेका थिए । तर सभामुखले पहिला प्रधानमन्त्रीको कुरा सुन्ने र प्रतिपक्षीलाई समय दिइने बताएका थिए ।
    तर काँग्रेस सांसदले सभामुखको आग्रहलाई अस्वीकार गर्दै रोस्टम घेराउ गर्दै चर्को नाराबाजी गरेका थिए । यसैबीच काग्रेस सांसदले नाराबाजी जारी राखेपछि बैठक बुधबार ११ बजेसम्मका लागि स्थगित भएको छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij