Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सरकारले उद्योग र व्यवसायीको सुरक्षा दिन्छ – गृहमन्त्री


  • शुक्रबार, जेष्ठ ३१ २०७६

  • सरकारले  उद्योग र व्यवसायीको सुरक्षा दिन्छ  –  गृहमन्त्री

    चितवन- गृहमन्त्री रामबहादुर थापाले चितवनका उद्योग र व्यवसायीको सुरक्षा सरकारले प्रदान गर्ने बताएका छन ।
    आज रत्ननगर नगरपालिकाले आयोजना गरेको वृत्ति परामर्श तथा रोजगार मेलाको उद्घाटन गर्दै मन्त्री थापाले उद्योग र व्यवसायीको सुरक्षा जिम्मा सरकारको रहेको भन्दै ठुक्क भएर लगानी गर्न आग्रह गरे ।
    गृहमन्त्री थापाले उद्योगको विकास नभएसम्म बेरोजगारी अन्त्य नहुने भन्दै औधोगिक क्षेत्रको विकास गरी रोजगार सिर्जना गर्ने योजनामा सरकार रहेको दावी गरे ।
    देशमै रोजगारी सिर्जना गरेर विदेशिने युवाहरुलाई स्वदेशमा नै रोक्ने योजना रहेको उनको भनाइ छ । गृहमन्त्री थापाले रोजगार रोजगारदाता र बेरोजगार इच्छुक युवाहरुलाई जोड्न रत्ननगरले आयोजना गरेको रोजगार मेला विशिष्ट रहेको बताए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij