Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

दोरम्बामा बस दुर्घटना हुँदा २ जनाको मृत्यु, १९ जना घाइते


  • शुक्रबार, जेष्ठ ३१ २०७६

  • दोरम्बामा बस दुर्घटना हुँदा २ जनाको मृत्यु, १९ जना घाइते

    रामेछाप -रामेछापको दोरम्बा गाउँपालिका— ६ लखनपुरमा बिहीबार साँझ बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ, १९ जना घाइते भएका छन् ।
    कोशीपारी यातायातको बा २ ख ७२४२ को बस लखनपुरको बरबोटे घुम्ती नजिकै दुर्घटनामा पर्दा दोरम्बा ६ का उद्धव गौतम र हरिबहादुर कार्कीको मृत्यु भएको हो ।
    काठमाडौँबाट दोरम्बा गाउँपालिकाको गुराँसे तर्फ आउँदै गरेको बस दुर्घटनामा परेको थियो । घाइतेमध्ये ६ को अवस्था गम्भीर रहेको छ ।
    दुर्घटनामा घाइते भएकाहरुको धुलीखेल अस्पतालमा उपचार भइरहेको छ । बस सडकबाट ४० मिटर तल खसेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij