काठमाडौं – गृहमन्त्री राम बहादुर थापाले शान्तिपूर्ण रुपमा प्रदर्शन गर्न पाउने नागरिकको अधिकार रक्षा गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् ।
प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै गुठी विधेयकको विरोधमा आइतबार भएको प्रदर्शनमा प्रहरीले पानीको फोहरा हान्नुका साथै धरपकडको नैतिक जिम्मेवारी सरकारले लिने बताएका छन् ।
गृहमन्त्रीले भने ‘शान्ति पुर्ण रुपमा विरोध प्रर्दशन गर्न पाइन्छ तर प्रहरीलाई सुरक्षाकर्मीलाई ढुंगा हान्ने, ईट्टा हान्ने र उनीहरुको मुखलाई क्षतविक्षत गर्ने अधिकारलाई हामी लोकतान्त्रिक अधिकार त भन्दैनौं ।’
उनले भने, ‘सरकारले नैतिक जिम्मेवारी लिन्छ । जे कमी कमजोरी भएको छ, त्यसको छानविन हुनुपुर्छ । महानरीय प्रहरीले छानविन पनि गरिरहेको छ ।’
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
