सोलुखुम्बु – नेत्रविक्रम चन्द ‘विप्लव’ कार्यकर्ताले प्रहरी चौकी आक्रमण प्रयास गरेपछि सोलुखुम्बुको एउटा प्रहरी चौकी खाली गराइएको छ।
महाकुलुङ गाउँपालिका–३ छेस्कामा प्रहरी चौकीमा आक्रमण प्रयास भएपछि प्रहरीलाई सुरक्षित स्थान सारिएको छ।
विप्लव कार्यकर्ताको ठूलो समूह आइतबार मध्यराति प्रहरी चौकीमा आक्रमण गर्न पुगेको थियो। तर, त्यसबेलासम्ममा त्यहाँका प्रहरीलाई सुरक्षित स्थान सारिसकिएको थियो। हातहतियार तथा प्रहरी नभएको चौकीमा पुगेर विप्लव कार्यकर्ता फर्केको प्रहरीले जनाएको छ।
प्रहरी सहायक निरीक्षक हिराप्रसाद देवकोटाको नेतृत्वमा छेस्कामा ६ जना प्रहरी कार्यरत थिए।
जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक शालिकराम शर्माको नेतृत्वको टोली छेस्का पुगिसकेको छ। छेस्का सदरमुकाम सल्लेरीबाट ७५ किलोमिटर टाढा छ।
प्रहरी चौकी भएको स्थानमा विद्युत र दुरसञ्चार सेवा अबरुद्ध छ। काठमाडौं र विराटनगरबाट हेलिकोप्टरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी पठाइएको हो ।
सेनाको हेलिकोप्टर प्रयोग गरेर करिब ५० जना सुरक्षा अधिकारीलाई महाकुलुङ गाउँपालिका पठाइएको हो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
