काठमाडौं – काठमाडौंको सुकेधारा र अनामनगरमा आइतवार अपराह्न ग्यास सिलिण्डर विस्फोट हुँदा ३ जनाको मृत्यु भएको छ ।
सुकेधारा विस्फोटमा २ र अनामनगरमा एक जनाको मृत्यु भएको नेपाल प्रहरीका प्रवक्ता डीआईजी विश्वराज पोखरेलले जानकारी दिए ।
सुकेधारा विस्फोटमा परेका मध्ये एक जनाको घटनास्थलमै र अर्का एक जनाको उपचारका लागि अस्पताल पुर्याएपछि मृत्यु भएको प्रवक्ता पोखरेलले जानकारी दिए ।
पोखरेलका अनुसार विस्फोटमा ४ जना घाइते भएका छन् ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
