Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

गरिमा विकास बैंक र महालक्ष्मी लाईफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता


  • शुक्रबार, जेष्ठ १० २०७६

  • गरिमा विकास बैंक र महालक्ष्मी लाईफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

    काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडबीच बैंकास्योरेन्स सेवा प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ । बिहीबार आयोजित एक कार्यक्रममा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

    सम्झौता अनुसार गरिमा विकास बैंक लिमिटेडका ग्राहकहरुले विकास बैंकका सम्पूर्ण शाखा कार्यालयबाट महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको बीमा पोलिसी खरिद गर्न सक्नेछन् ।

    काठमाडौँ उपत्यकामा ८ वटा शाखा कार्यालयसहित गरिमाले देशभर ७६ शाखा र ३३ वटा एटीएम मार्फत सेवा दिइरहेको छ । बैंकले छिट्टै नै देशका थप १५ स्थानमा शाखा कार्यालय स्थापना गर्दैछ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij