भोजपुर – भोजपुरमा हतियारसहित डुलिरहेका भनिएका विप्लपका कार्यकर्तामाथि प्रहरीले गोली चलाउँदा घाइते भएका एकजनाको मृत्यु भएको छ । मंगलबार दिउँसो धोत्रे भन्ने ठाउँमा प्रहरीले विप्लव कार्यकर्ता तीर्थराज घिमिरेलाई गोली हानेको थियो । घिमिरेका अन्य साथी भने भाग्न सफल भएका थिए ।
प्रहरीको हानेको गोली घिमिरेको खुट्टामा लागेको थियो । स्थानीय अन्नपूर्ण स्वास्थ्य चौकीमा प्राथमिक उपचार गरेर थप उपचारका लागि उनलाई सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
