काठमाडौं – नेपाल पत्रकार महासंघले सरकारले सदनमा दर्ता गराएको मिडिया काउन्सिल विधेयकविरूद्ध दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ।प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप हुने र काउन्सिललाई सरकारले नियन्त्रण गर्न खोजेको विरोधमा महासंघले केन्द्रदेखि जिल्लासम्म आन्दोलन गर्ने कार्यक्रम तय गरेको छ।
पहिलो चरणको आन्दोलन सकिँदासम्म पनि सरकारले महासंघले उठाएका मागहरू सम्बोधन गर्ने तर्फ कुनै गम्भीरता नदेखाएकोले दोस्रो चरणको आन्दोलन घोषणा गर्नुपरेको महासचिव रमेश विष्टले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
जेठ ६ गतेदेखि २५ गतेसम्म आन्दोलन गर्ने महासंघको निर्णय छ।

""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
