Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

अस्ट्रेलियाको चुनाबमा नेपाली चहल पहल


  • शनिबार, जेष्ठ ४ २०७६

  • अस्ट्रेलियाको चुनाबमा नेपाली चहल पहल

     

     

    अस्ट्रेलियामा नेपाली समुदाय बाक्लीदै जाँंदा बढ्दो प्रभाव र महत्वपनि बढ्न थालेको छ । यसको ज्वलन्त उदाहरण हो शनिबार सम्पन्ने ४६ औ संसदका लागि आम निर्वाचनमा नेपालीहरुको बृहत सहभािगता र चासो । बिहान नौ बजेदृखि प्रारम्भ भएको निर्वाचनमा सत्तारुण् दल लिबरलकोतर्फवाट निला टिसर्ट र प्रतिपक्ष लेबरको रातो पहिरन लगाएर मतदान केन्द्रमा हजारौ नेपाली खटिएको दृष्य निकै रोचक देखिन्थ्यो ।


    अस्ट्रेलियामा हाल सत्तासिन दल लिबरल र प्रतिपक्ष लेबरले एनएसडब्लु राज्यमा नेपाली समुदायका लागि भवन बनाउन दस करोड रुपैयाको सहयोगको घोषणा गरेर नेपाली जनमतलाई आफ्नो पक्षमा पार्ने कोशिस गरेपछि चुनाबको रौनक बढेको थियो । यतिखेर दुइ दलबिचको प्रतिस्पर्धा निकै साँंघुरो मानिदै आएको छ । प्राइमरी भोटमा लेबरको ५१ प्रतिशत र सत्तासिन लिबरलको ४९ प्रतिशत मत भिन्नताले पनि चुनाब रोचक मोडमा पुगेको छ ।


    अस्ट्रेलियामा सम्पन्न संघीय चुनावले नया संसद् तथा प्रधानमन्त्रीको समेत चयन गर्नेछ । निर्वाचनमा विधानसभा अर्थात् तल्लो सदनका लागि एकसय ५१ सिट तथा सिनेट अर्थात् उपल्लो सदनका लागि ७६ मध्ये ४० सिटका लागि मतदान सम्पन्न भएको छ ।
    अस्ट्रेलियाको राजनितीक सरगर्मी चढेकै बेला नेपालीहरुको बाक्लो बसोबास भएको बार्टन क्षेत्रमा नेपाली मूलका नवलपरासी थात थलो भएका प्रमेज श्रेष्ठलाई लिबरल पार्टीद्वारा सांसदको टिकट दिएपछि सयौ नेपाली उनको प्रचार प्रशारमा दिनभर खटिएका थिए ।


    नेपाली समुदायको बढोत्तरी संगै अस्ट्रेलियामा हाम्रो समुदायलाइ लक्षित गरि नीति तथा कार्यक्रमहरु समेत बन्दै जन थालेका छन्, जुन हाम्रो समाजका लागि महत्वपुर्ण उपलब्धी हो, लिबरल फ्रेन्ड्स अफ नेपालका उपाध्यक्ष विवेक थापाले बताए । अध्यागमन मन्त्री तथा लिबरलका नेता डेविड कोलम्यानको पानानिया क्षेत्रका बुथ कप्तान समेत रहेका विवेक थापाले नेपाली समाजको अस्ट्रेलियन राजनितीमा प्रत्यक्ष प्रवेशले धेरै बिषयमा महत्व बोकेको बताए । सो क्षेत्रमा नेपाली युवाहरु दिनभर बुथमा उमेदबारका सहयोगीका रुपमा कार्यरत रहेका थिए । जसमा झापाली समाजका उपाध्यक्ष उमेश पोखरेल, नयाका अध्यक्ष प्रकाश खरेल, आईसीसी ओसेनिया खेलकुद संयोजक भुपाल सिटौला, पुर्व आईसीसी सदस्य प्रकाश जीसी, भिष्म भण्डारी, संन्चारकर्मी माधव गैरै लगायतको टोलीले कोलम्यानको अभियानमा सहयोग गरेका थिए ।
    यस्तै नेपाली मुलका उमेदबार प्रमेज श्रेष्ठको अभियानमा एनआरएनका प्रवक्ता डिला खरेल , एनआरएनका पुर्व एनएसडब्लु कोषाध्यक्ष लक्ष्मण सापकोटा, एनआरएनका सल्लाहकार स्वतन्त्र प्रताप शाह, युवा ब्यवशायी राज खनाल,सुदुर पश्चिम समाजका अध्यक्ष दिपक जोशीगायतको ठुलो टोली दिनभर प्रचार प्रशारमा जुटेको थियो ।
    ।
    मुलुकभन्दा धेरै पर अस्ट्रेलियाजस्तो देशमा आएर शसक्त र सबल अनि अब्बल ठहरिदै गएको नेपालीहरुको इमानदारीता र लगनशिलतानै यहाँंका दल र नेताहरुको रोजाइको सुचक हो भन्ने कुरामा दुइमत छैन, नेपाली फ्रेन्ड्स अफ लेबरका संयोजक गोवा कटुवालले बताए । आफ्नो क्षेत्रमा लेबरको प्रचारमा खटिएका कटुवालले भने जो जाँंहा लागेपनि नेपाल र नेपालीको पहिचान उजिलीएको छ,यो नै महत्वपुर्ण बिषय हो ।
    पछिल्ला घटनाक्रम र सहभागिताले आगामी दिनमा अस्ट्रेलियाको राजनितीक मुलधारमा नेपालीहरुको उल्ल्ेख्य सहभागिता हुनसक्ने संभावना प्रवल देखिएको छ । स्मरण रहोस प्रतिपक्ष दल लिबरल र लेबरका दुइ भगीनी संस्थाहरु लिबरल फ्रेन्ड्स अफ नेपाल र नेपाली फ्रेन्ड्स अफ लेबर केहि समयदेखि अस्ट्रेलियान राजनितीमा देखिएका नेपालीहरुको संस्था हुन ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij