काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एंव पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी एकता छिट्टै टुंगिने बताएका छन्।
आज युवा संघ नेपालको २९ औं स्थापना दिवसको अवसरमा काठमाडौंमा अध्यक्ष दाहालले एकता टुंगिसक्यो भने पनि हुने बताए।
उनले भने, ‘हल्ला भएको दिन एकता हुन्छ कि हुँदैन म भन्न सक्दिनँ तर एक दुई दिनमा सबै एकता टुंगिसक्छ।’
जिल्लाको एकता टुंगिएकै दिन पार्टी एकता टुंगिसकेको उनले बताए।
उनले युवा र नेताहरुको साथ पाएमा नयाँ– नयाँ काम गर्न चाहेको बताए।
साथै अध्यक्ष प्रचण्डले भने – ‘नयाँ– नयाँ काम गरेर मर्न मन छ ।’
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
