बेनीघाट– गोरखामा भएको जीप दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । गण्डकी गाउँपालिका– २ स्थित दर्बुङ्गको रानीस्वरामा बुधबार बा २० च ५४५० नम्बरको बोलेरो जिप दुर्घटना भएको हो ।
तान्लिचोकबाट गाउँपालिका कार्यालय जाने क्रममा सडकबाट करीब ४३ मिटर तल खसेर सो जीप दुर्घटना भएको घ्याल्चोक प्रहरी चौकीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनाका घाइतेमध्ये ६ जनाको गजुरी अस्पतालमा उपचार भइरहेको छ भने चालक मिलन श्रेष्ठको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि काठमाडौं पठाइएको छ।
दुर्घटनामा घाइते भएका यात्रुहरुमा मिना पन्त, सीता लामिछाने, सारजन थापा, नरबहादुर थापा, दीपक थापा र लिला थापा रहेका छन् । उनीहरु सबै गण्डकी गाउँपालिकाकै स्थानीय हुन् ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
