काठमाडौं -प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति एंव पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारले संसदमा दर्ता गराएको पत्रकारहरूलाई आचारसंहिता उल्लंघनमै दस लाखसम्म जरिवाना गर्ने व्यवस्थासहितकको विधेयक पत्रकारमाथिको ‘कू’ भएको बताएका छन्।
आज पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै देउवाले भने ‘यस्तो पनि हुन्छ ? लेख्न पनि नपाउने बोल्न पनि नपाउने ।’ साथै उनले भने,‘ कांग्रेसको पहिलो शर्तनै अभिव्यक्ति स्वतन्त्रतता हो।’
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
