Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

आइतबारदेखि बौद्ध-जोरपाटी सडक कालोपत्रे हुने


  • शुक्रबार, बैशाख २७ २०७६

  • आइतबारदेखि बौद्ध-जोरपाटी सडक  कालोपत्रे हुने

    काठमाडौं -चावहिल–साँखु सडकखण्डको टुसाल–जोरपाटी सडकखण्ड तत्काल कालोपत्र हुने भएको छ।
    धुलो र हिलोले आजित बनेका बौद्ध, टुसाल, जोरपाटीका स्थानीय व्यवसायी र सर्वसाधारणले बिहीबार यातायात अवरुद्ध पारी सडक कालोपत्रे गर्न माग गरेका थिए।
    सडकमा उत्रिएका आन्दोलनकारी र उक्त सडकखण्ड निर्माण गर्न ठेक्का पाएको युनाइटेड विल्डर्सबीच ६ बुँदे सहमति भएपछि आन्दोलन स्थगित भएको छ।
    स्थानीय बासिन्दा, व्यापारी तथा उक्त सडकखण्ड कालोपत्र गर्ने ठेकेदारबीच भएको सम्झौताअनुसार आइतबारदेखि नै कालोपत्रे गर्ने काम ठेकेदार कम्पनीले शुरु गर्ने सहमति भएको छ।
    ठेकेदार कम्पनीका प्रमुख शकुन्तलालाल हिराचन, काठमाडौँ महानगरपालिका वडाध्यक्ष दीपेन्द्र लामा, बौद्ध व्यापार सङ्घका अध्यक्ष चौलागाईं, स्थानीय बासिन्दा तथा टुसाल युवा क्लबका प्रतिनिधिसहित बसेको बैठकबाट सहमति भएको हो ।
    चार वर्षदेखि निर्माण अलपत्र परेको चावहिल–साँखु सडकखण्ड अन्तर्गतका सर्वसाधारण तथा स्थानीय व्यपारीले सडककै कारण ठूलो समस्या खेप्दै आइरहेका छन्।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij