Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

आज सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै


  • शुक्रबार, बैशाख २० २०७६

  • आज  सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै

    काठमाडौँ – सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ । संघीय संसद भवन बानेश्वरमा सरकारको तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीबाट अपरान्ह ४ बजे नीति तथा कार्यक्रम प्रस्तुत हुन लागेको हो ।

    सरकारले तयार पारेको नीति तथा कार्यक्रमलाई राष्ट्रपति भण्डारीले वाचन गर्ने कार्यक्रम रहेको छ । बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरु उपस्थित हुनेछन् । 

    बैठक संघीय संसदका सभामुख कृष्णबहादुर महराले सञ्चालन गर्नेछन् । यही नीति तथा कार्यक्रमका आधारमा सरकारले आर्थिक वर्ष ०७६/७७ को बजेट प्रस्तुत गर्नेछ । 

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij