Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

राष्ट्रपति विद्यादेवी भण्डारी चीन प्रस्थान


  • बुधबार, बैशाख ११ २०७६

  • राष्ट्रपति विद्यादेवी भण्डारी चीन प्रस्थान

    काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारी नौ दिने राजकीय भ्रमणका लागि चीन प्रस्थान गरेकी छिन् ।
    बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन राष्ट्रपति भण्डारी त्यसतर्फ प्रस्थान गरेकी हुन् ।
    राष्ट्रपतिलाई बिदाइ गर्न प्रधानमन्त्रीसहित उच्चपदस्थ सरकारी अधिकारी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेका थिए ।
    राष्ट्रपति विद्यादेवी भण्डारी नेपाल एयरलाइन्सको चार्टर्ड विमानबाट चीनतर्फ गएकी हुन् राष्ट्रपति भण्डारीको भ्रमण टोलीमा ३४ जना सदस्य सहभागी रहेका छन् ।
    उनी पहिलो दिन राष्ट्रपति सि जिनपिङको सहर सान्सी प्रान्तमा बस्नेछिन् । उनी भोलिमात्रै बेइजिङ पुग्नेछिन् ।
    राष्ट्रपति भण्डारीले बीआरआईको उद्घाटन सत्रलाई सम्बोधन गर्ने कार्यक्रम छ ।
    त्यसैगरी राष्ट्रपति भण्डारीले चीनका राष्ट्रपति सी जिनपिङले आयोजना गर्ने राउन्ड टेबल छलफलमा पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सम्मेलनमा ३७ देशका सरकार तथा राष्ट्र प्रमुख सहभागी हुनेछन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij