Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

अपडेटः डडेलधुरामा बस दुर्घटना हुँदा ५ को मृत्यु, ३४ घाइते


  • बुधबार, बैशाख ११ २०७६

  • अपडेटः डडेलधुरामा बस दुर्घटना  हुँदा  ५ को मृत्यु, ३४ घाइते

    डडेलधुरा -धनगढीबाट बझाङ जाँदै गरेको बस बुधबार बिहान ना ६ ख १८३१ नम्बरको यात्रुबाहक बस डडेलधुरामा दुर्घटना हुँदा ५ को मृत्यु भएको छ।
    डडेलधुराका सहायक प्रमुख जिल्ला अधिकारी करूणाकर अवस्थीका जानकारी अनुसार दुर्घटनामा २४ जना गम्भिर घाइते भएको बताएका छन्। उनका अनुसार घाइतेहरूको डडेलधुरा जिल्ला अस्पतालमा उपचार भइरहेको छ।
    बस भिमदत्त राजमार्गको गन्यापधुरा गाउँपालिका–१ साहुखर्कमा दुर्घटनामा परेको हो।
    बझाङ्गको तल्लाकोट गाउँपालिका–४ का अन्दाजी बर्ष ४० का धनबहादुर घर्तीको मृत्यु भएको छ । त्यस्तै बझाङ्ग कै केदारस्युँ गाउँपालिका–५ का अन्दाजी वर्ष २५ का नरेन्द्र गुरुधामी र विहार भारतका मोहमद नासिरको मृत्यु भएको छ ।

    मृत्यु भएका दुई महिलाहरुमा बझाङ्गकै केदारस्युँ गाउँपालिकाकी अन्दाजी वर्ष ५५ की कल्सीदेवी बोहरा र सोही गाउँपालिकाकी अन्दाजी ३५ वर्षीया हरुली बोहरा रहेकी छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij